२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बदल्नै पर्ने राजनीतिक प्रवृत्ति

ADV
२०८१ भदौ १३ गते ०६:५०
बदल्नै पर्ने राजनीतिक प्रवृत्ति

सत्ता र प्रतिपक्षी दलबीच हरेक दिनजसो हरेक फोरममा आरोप–प्रत्यारोप चल्न थालेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमाथि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेताहरु आक्रामक देखिन्छन् । संसद् बैठकमा उठ्ने हरेकजसो एजेण्डामा यी दुई कम्युनिष्ट एकअर्काविरुद्ध उभिदै आएका छन् । यो आरोपप्रत्यारोपको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड आफैले गरिरहेका छन् । १० भदौको संसद् बैठकमा प्रचण्डले प्रधानमन्त्रीमाथि ब्यापारीबाट उठन् नसकेको विद्युत महसुलबारे गम्भीर आरोप लगाएका थिए । यतिमै सीमित नरहेर वर्तमान सरकार विचौलियाले बनाएको प्रचण्डको आरोप थियो । यस्तै आरोप प्रधानमन्त्री ओलीले पनि प्रचण्डमाथि लगाएका थिए । ७ भदौको संसद् बैठक र फेरि सामाजिक सञ्जालबाट २२ अर्ब महसुल उठाउनुपर्नेमा ६ अर्बको मात्र हल्ला चलाइएको आरोप प्रधानमन्त्रीले लगाएका थिए । 

यसरी पार्टी प्रमुखहरु आफै आरोपप्रत्यारोपमा उत्रदा अरु नेताहरु पनि हरेकजसो फोरममा भिड्न थालेका छन् । १२ भदौका संसद् बैठकको दृष्य त्यसैको उदाहरण हो । जनयुद्ध शब्दलाई लिएर एमाले र माओवादीका सांसदहरु भनाभनमा उत्रिएका थिए । एमाले सांसद योगेश भट्टराईले दश वर्षे हिंसा भनेपछि माओवादीका सांसदहरुले आपत्ति जनाएका थिए । यो विवाद एमाले र माओवादीबीच बारम्बार उठ्दै आएको छ । एमालेले जनयुद्ध शब्द स्वीकार्न मानिरहेको छैन भने माओवादी उक्त शब्दप्रति अपमान भएको सुन्न चाहिरहेको छैन । जबकी यी दुवै दल कुनै बेला एउटै नेकपा बनेको थियो । तर नेकपा फुटेपछि फेरि यो शब्दको मतभेद उस्तै छ ।

यी दुई दलको पृष्ठभूमी नै ‘लभ एण्ड हेट’ को देखिन्छ । मिल्दा कुनैपनि एजेण्डालाई बिना सर्त स्वीकार्ने र नमिल्दा चर्को मतभेदमा उत्रने प्रवृत्ति एमाले र माओवादीबीच देखिन्छ । अहिले सत्ता सहयात्री कांग्रेस मौन देखिनुले पनि त्यही पुष्टि हुन्छ । एमाले र माओवादीबीचको असंगतिपूर्ण सम्बन्धको असर भने राष्ट्रिय राजनीतिक एजेण्डाहरुमा परिरहेको छ । जनयुद्ध शब्द त्यसै मध्येको एक हो । किनकि आउने दिनका निम्ति पनि यो विषय निराकरण हुन जरुरी छ । तर सत्ताबाट हट्नु परेको र सत्ताको रक्षार्थ उभिनु परेको झोंकमा विद्युत महसुल उठाउनुपर्ने जस्तो विषयमा विवाद भइरहेको छ भने अनावश्यक झगडामा सांसदहरु उत्रिएर जनताका एजेण्डामा ओझेलमा पर्ने काम भइरहेको छ । त्यसैले नेताहरुले आफ्नो प्रवृत्ति परिवर्तनलाई प्राथमिकतामा राख्नैपर्ने भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise