२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बुंगल नगरपालिकाको सार्वजनिक सुनुवाइ : स्थानीयको गुनासै गुनासो

ADV
सत्यराज सिंह
२०८१ भदौ १५ गते २१:५१
बुंगल नगरपालिकाको सार्वजनिक सुनुवाइ : स्थानीयको गुनासै गुनासो

बझाङ : बझाङको बुंगल नगरपालिकाले विषयगत शाखा र समग्र स्थानीय तहले प्रवाह गरेका सार्वजनिक सेवा प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । 

बुंगल नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बझाङको सहजीकरणमा शनिबार सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा गत आर्थिक वर्ष २०८०÷८१ को दोस्रो सार्वजनिक  सुनुवाइ गरेको हो ।

कार्यक्रममा  सेवाग्राही, नागरिक समाज, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो सार्वजनिक  सुनुवाइमा नगरपालिकाले गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा  नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरुसहित बहस गरिएको थियो । 

कार्यक्रममा बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुंवरले गत आर्थिक वर्षमा  नगरपालिकाबाट भए गरेका कामको जानकारी गराएका थिए । उनले गत आर्थिक वर्षमा विनियोजित ६९ करोड ५४ लाख ६१ हजार ५ सय ४० मध्ये ६० करोड ८८ लाख ४९ हजार ७ सय ९१ खर्च गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत कुंवरले संस्थागत व्यवस्थापन तथा सुशासन सम्बन्धिका कार्यहरु पालिकाका कर्मचारीको अवस्था, स्वास्थ्य क्षेत्रको उपलब्धि, न्यायिक समिति, बालबालिका उद्यम विकासका क्षेत्रहरुमा भएका विकासका कार्यहरु प्रस्तुत गरेका थिए  ।

कार्यक्रममा  नगरपालिकाको मुख्य उपलब्धिमा प्रशासकीय भवन निर्माण कार्य सम्पन्न, सडकको स्तरोन्नति, खानेपानी, सांस्कृतिक सम्पदाको निर्माण, विपद व्यवस्थापन तथा मानव विकास सम्बन्धिका विभिन्न तालिम गोष्ठी गरेको उपलब्धिका रुपमा सार्वजनिक गरेका थिए । 

सार्वजनिक सुनुवाइका रुपमा मुख्य समस्याका रुपमा पालिकाले योजना छनोट तथा कार्यान्वयन, उपभोक्ता समिति गठन तथा परिचालन, कर्मचारी दक्षताको अभाव, काम गर्ने वातावरण नहुनु, भौतिक कठिनाइ जस्ता समस्या रहेको उल्लेख गरेका थिए । 

कार्यक्रममा नागरिकले बैंक सेवाबाट स्थानीयले पाएको सास्ती, सार्वजनिक यातायातका साधानको भाडा निर्धारण, शिक्षक कर्मचारी दरबन्दी मिलान र नगरपालिकाले प्रवाह गरेका सेवा सुविधाको बारेमा गुनासो राखेका थिए ।

नागरिकहरुबाट प्राप्त भएका गुनासोहरुको सम्बोधन जवाफदेही वक्ताको रुपमा नगरप्रमुख जय बहादुर धामी, उपप्रमुख धनबहादुर बोहरा निमित्त कार्यकारी अधिकृत नरेश कुंवर  र विषयगत कार्यालयका प्रमुख रहेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रम पश्चात उठेका गुनासो प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै जवाफदेही वक्ताहरुले नगरपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्नको लागि नगरपालिका सधैं चनाखो रहेको बताएका छन ।

शान्ति सुव्यवस्था कायम गर्ने प्रतिबद्धता गर्नुका साथै लक्षित वर्गको लागि विनियोजन गरिएको रकम लक्षित वर्गमा नै खर्च गर्ने, स्वस्थ प्रतिष्पर्धाका आधारमा कर्मचारि नियुक्ती गर्ने, लगायतका सार्वजनिक प्रतिबद्धताहरु गरिएको थियो । 

कार्यक्रममा गुनासो, सुझाव र प्रश्नकर्ताहरुले नगरपालिकाको विकासमा लाग्न जनप्रतिनिधिलाई आग्रह गर्दै नगरको हित विपरित काम गरे राम्रो नहुने बताएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख धामी र उपप्रमुख बोहराले बिग्रिएका कुराहरूलाई सुधार्दै आगामी दिनमा नगरपालिकाको विकास र जनसेवामा निरन्तर लागि राख्ने प्रतिबद्वता गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise