२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पारालिम्पिक्समा पदक जितेकी पलेशालाई भोलि नगर परिक्रमा गराइने

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १७:०२
पारालिम्पिक्समा पदक जितेकी पलेशालाई भोलि नगर परिक्रमा गराइने

काठमाडौँ : पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो । पदक विजेता पलोशा भोलि काठमाडौँ आइपुग्दै छिन् ।

उनीसहित नेपाली टोलीलाई नगर परिक्रमासहित स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । राखेपका अनुसार भोलि बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । गौशाला नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर, त्रिपुरेश्वर पुगेर सकिनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise