२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तेस्रो म्युजिक खबर तिज म्युजिक अवार्ड सम्पन्न

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १९:१३
तेस्रो म्युजिक खबर तिज म्युजिक अवार्ड सम्पन्न

काठमाडौं : आर्टिष्ट अफ नेपालको प्रस्तुति एवम् शुभकामना मिडिया सोलुसनको आयोजनामा कृषि विकास बैंक तेस्रो म्युजिक खबर तिज म्युजिक अवार्ड २०८१ सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

अवार्डका अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि अर्यालले आ–आफ्नो क्षेत्रमा योगदान दिएका नारीहरुलाई सम्मान गरिएको थियो । अवार्ड कार्यक्रममा आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मानबाट गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई सम्मान अर्पण गरिएको थियो ।

गीतसंगीतका विभिन्न २२ विधामा आयोजना भएको उक्त अवार्डमा गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने विभिन्न श्रष्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । 

अवार्ड कार्यक्रमको अवसर पारेर ‘म्युजिक खबर फाउन्डेसन’को आजीवन सदस्यतासमेत प्रदान गरिएको थियो । गायिका सञ्जु न्यौपाने, गायक हरिराम परियार, संगीतकार दिपक शर्मा, गायिका तथा मोडल रितु तामाङलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सेसेमी लिम्बूले सहजीकरण गरेकी थिइन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise