२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मिसन २०८४ मा केन्द्रित एमाले

ADV
दिवाकर अधिकारी
२०८१ भदौ १९ गते ०६:४५
मिसन २०८४ मा केन्द्रित एमाले

काठमाडौं : नेकपा एमाले २०८४ को चुनाव केन्द्रित हुने भएको छ । सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेले २०८४ मा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव केन्द्रित हुने भएको हो । यसका लागि उसले वार्षिक कार्ययोजना नै बनाएको छ । 

वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा प्रस्तुत भएको हो । वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, संगठन सुदृढीकरण अभियान चलाउने र मिसन २०८४ मा केन्द्रित हुने उल्लेख छ । 

एमाले नेताहरूका अनुसार पोलिटब्युरो बैठकमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’का लागि वार्षिक कार्ययोजना अघि सारिएको हो । मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकारबाही समेत जनतामा लैजाने गरी पार्टी परिचालित हुनुपर्ने बताए । 

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको साित बुँदे सहमति अनुसार ओली प्रधानमन्त्री भएका हुन् । अर्को स्थानीय तहको चुनाव अगाडि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने गरी एमालेले सत्ता सहकार्य गरेको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर चुनाव केन्द्रित हुने तयारीमा रहेको एमालेल अहिले देखि नै जनतासँगको सम्बन्ध बलियो बनाउने नीति लिएको हो ।

२०८४ को चुनावबाट शक्तिशाली पहिलो पार्टी बन्नका लागि एमालेले सदस्यता संख्या १० लाख पुर्‍याउने भनेको छ । यो मिसन २०८२ भित्रै पूरा गर्ने भनिएको छ । 

नियमित अधिवेशन गरेर पार्टीमा नेताहरूलाई चलायमान बनाइरहने नीति एमालेले लिने भएको छ । जिम्मेवारी नपाएकाहरूलाई जिम्मेवारी दिएर पार्टीप्रति प्रतिवद्ध गराउने एमालेको योजना छ । 

पदाधिकारीहरूको पनि मुल्यांकन गर्ने र त्यसआधारमा जिम्मेवारीमा थपघट गर्ने भनिएको छ । कार्यकर्तालाई नियतिम प्रशिक्षित गर्ने, सरकार र जनप्रतिनिधि जनतामा जाने गरी परिचालित हुने भनिएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise