२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पलेशालाई काठमाडाैं महानगरले दियो ५ लाख

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १४:००
पलेशालाई काठमाडाैं महानगरले दियो ५ लाख

काठमाडौं : काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।

साथै कोच रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको महानगरले जनाएको छ ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो ।

पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise