२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

रास्कोटमा स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा

Nada
कमल कुमाल
२०८१ भदौ १९ गते २०:१५
Shares
रास्कोटमा स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा

कालीकोट : स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगती समीक्षा गोष्ठी सम्पन्न भएको छ । रास्कोट नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक प्रगती समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो ।

ncell

नगरपालिकाका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुले गरेका कार्यक्रम तथा सेवा प्रवाहको बारेमा समीक्षा गरिएको थियो  । उक्त समीक्षा कार्यक्रममा ९ वटै वडामा रहेका स्वास्थ्य केन्द्र र इकाइका प्रमुखहरुले आफ्नो स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा गरेका काम कारबाहीबारे जानकारी दिएका थिए ।  

वार्षिक प्रगती समीक्षा गोष्ठी कार्यक्रम बोल्दै स्वस्थ्य शाखा प्रमुख जनकराज न्यौपालेले पहिलेको वर्ष भन्दा यो वर्ष धेरै सुधार भएपनि अझैँ सुधार गर्नुपर्ने विषयमा आएको सुझावलाई ग्रहण गर्दै आगामी दिनमा थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको न्यौपालेको भनाइ छ ।

त्यस्तै प्रगती समीक्षा कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख धर्मराज शाहीले स्वस्थ्य, शिक्षालाई पहिलो प्राथमिकतामा राखेसँगै पछिल्लो समयमा स्वास्थ्य शिक्षाले सकारात्मक सन्देश दिएको समेत बताए । 

स्वास्थ्य, शिक्षा क्षेत्रको विकास हुनु नै समग्र नगरपालिको विकास हुनु रहेको उनले बताए । 

वर्ष भरिमा स्वास्थ्य क्षेत्रमा गरिएको कार्यहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो भने पालिका र सम्बन्धित निकायले लिइएको लक्ष्य र प्रगतिका बारेमा तथ्यांकगत छलफल गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर