२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एमाले नेता महरद्वारा पहिरोको अवलोकन

ADV
सत्यराज सिंह
२०८१ भदौ १९ गते २१:०२
एमाले नेता महरद्वारा पहिरोको अवलोकन

बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले बझाङको छविसपाथिभेरा गाउँपालिका–१ परिङ्गालमा गएको पहिरोको अवलोकन गरेका छन् । भदौ १२ गते राति गएको  पहिरो पीडित करन गिरिको परिवारलाई भेटेर उनले आर्थिक सहयोग समेत गरेका छन् ।  

पहिरोले छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल मालुझाडका गिरी सुतेकै अवस्थामा सेती नदीमा खसेका थिए । महरसँग कुरा गर्दै गिरिले पहिरोले टहरासँगै खाद्यान्न, लत्ताकपडा, नगद पैसा  र बालबालिकाका स्कुलका प्रमाणपत्र बगाएको बताए । नेता महरले ५ हजार रूपैयाँ आर्थिक सहयोग गर्दै थप राहतको लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।

महरले भने,‘ढिलो गरेर भेटघाट गर्न आयो भनेर नसोच्नुहोला् । काम विशेषले जिल्ला बाहिर भएर हो । दुखद घटना भयो, यसमा मेरो ध्यानाकर्षण भएको छ । सम्बन्धित निकायमा राहतको लागि मेरो तर्फबाट हुने पहल गर्नेछु ।’

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise