२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एनपीएलका ८ टिमका मालिकको घोषणा, पोखरा सबैभन्दा महँगोमा बिक्री

ADV
मध्यान्ह
२०८१ भदौ २० गते १९:४८
एनपीएलका ८ टिमका मालिकको घोषणा, पोखरा सबैभन्दा महँगोमा बिक्री

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका मालिक घोषणा भएको छ । टेण्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट स्वामित्वका लागि बिहीबार बोली लगाइएको थियो । जसमध्येबाट आठ टिमका मालिकको टुंगो लागेको हो ।

क्यानका अनुसार पोखराका लागि सबैभन्दा महंगो बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाखमा पोखराको फ्रेन्चाइजी लिएको हो ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ ।

जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले पाएको छ । उसले बोलकबोलमा २ करोड ५ लाखमा फ्रेन्चाइजी पाएको हो ।

लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिँदा सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा लिएको छ ।

चितवनको टिको स्वामित्व चितवन मेडिकल कलेज (सिएमसी) ले पाएको छ । चितवनको स्वामित्व १ करोड ७६ हजार १ हजार रुपैयाँ मा सिएमसीले किनेको हो ।

विराटनगरको स्वामित्व भने एम ए डी ड्रिम स्पोर्टसले पाएको छ । स्पोर्टसले १ करोड ५१ हजार रुपैयाँमा विराटनगरको स्वामित्व खरिद गरेको हो ।

सबैभन्दा कमको बोली कर्णालीको फ्रेन्चाइजीमा लाग्यो । हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णाली टिमको फ्रेन्चाइजी लिएको हो ।

फ्रेन्चाइजी टिमका लागि १६ वटा आवेदन परेको थियो । तर भाटभटेनी र आइएमइ ग्रुप फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल)को टेण्डर प्रक्रियाबाट बाहिरिएका छन् ।

एनपीएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise