२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

ADV
सन्तोष पौडेल
२०८१ भदौ २१ गते १३:२९
गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया : बर्दियामा गैंडाको आक्रमणबाट एक जना पर्यटक पथ प्रदर्शक (गाइड)को ज्यान गएको छ । गैंडाको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी ३५ वर्षीय मनमोहन चौधरीको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमेरिकी नागरिक एमसी लेन्डन शावान र शिव सामुदायिक वनका चौकीदार खिन्चु थारुसहित जंगल वाकमा निस्किएका उनलाई मधुवन नगरपालिका वडा नं. १ स्थित शिव सामुदायिक वनमा गैंडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको र घाइते अमेरिकन नागरिक एमसी लेन्डन शावानको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

खिन्चु थारुको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise