२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नृत्य निर्देशक तथा मोडल बुढाथोकी इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

ADV
मध्यान्ह
२०८१ भदौ २१ गते १७:४२
नृत्य निर्देशक तथा मोडल बुढाथोकी इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं : नृत्य निर्देशक, कलाकार तथा मोडल बेदबहादुर बुढाथोकी (रोशन) इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट सम्मानित भएका छन् । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकी माता कोलकाताको संयुक्त आयोजनामा भएको उक्त अवार्ड कार्यक्रममा बुढाथोकी सम्मानित भएका हुन् ।

काठमाडौंको टोखा निवासी बुढाथोकीको जन्म ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नं. २ मा भएको थियो । उनले सानै उमेरदेखि कलाकारिता क्षेत्रमा योगदान दिँदै आएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागी भइ थुप्रै सम्मान तथा अवार्ड प्राप्त गरेका छन् ।

दर्जनौं नेपाली लोक, आधुनिक गीतहरुमा मोडलिङ गरिसेका बुढाथोकीले धेरै गीतहरुको भिडियोमा निर्देशकीय भूमिका पनि निर्वाह गरिसकेका छन् ।

विभिन्न देशमा गएर स्टेज कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुति दिइसकेका बुढाथोकी चलचित्र नृत्य संघ, लोक दोहोरी प्रतिष्ठानलगायतका संघ सस्थामा आबद्ध छन् । यस्तै उनी काठमाडौंका विभिन्न विद्यालयहरूमा नृत्य शिक्षकको रूपमा पनि कार्यरत छन् । आगमी दिनमा पनि यसै क्षेत्रमा निरन्तरता दिने उनी बताउँछन् ।

इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा भारतको सिक्किम तथा नेपालबाट छनोट भएका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड दिनुका साथै सामजिक क्षेत्रमा योगदान दिनेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोलकाताका लागि नेपाली नायब महावाणिज्यदूत जनकराज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री विपना थापाका साथै कोलकाताका विभिन्न नेपाली संघ संस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अवार्ड कार्यक्रममा स्वास्थ्य, शिक्षा, साहित्य, चलचित्र, संगीत, नृत्य, सामाजिकलगायतका विधाहरुलाई समेटिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise