२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सडक अनुगमनलाई तीव्र पार्छौ : डिभिजन प्रमुख लामा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २१ गते २१:०९
सडक अनुगमनलाई तीव्र पार्छौ : डिभिजन प्रमुख लामा

अर्घाखाँची : सडक डिभिजन कार्यालय प्युठानका डिभिजन प्रमुख बिसुनदास लामाले सडक अनुगमनलाई तीव्र पार्ने बताएका छन् । सडक डिभिजन कार्यालय रुपन्देहीबाट सरुवा भइ प्युठानमा हाजिर हुन पुगेका डिभिजन प्रमुख लामाले कर्मचारीहरुले गरेको स्वागत कार्यक्रममा बोल्दै लामाले कुनै ठाउँमा जनताले गुनासो नगर्ने गरी काम गर्न अनुरोध गरे । 

उनले हरेक  क्षेत्रमा रहेका सडकहरुको स्तरोन्नत्तिका लागि आफुले अनुगमन गरेर पहल गर्ने र सडकमा रहेका सबै योजनाको पहिला स्थलगत अनुगमन गर्ने बताए । 

डिभिजन प्रमुख लामाले कार्यालयको दैनिक प्रशासनलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिँदै सेवाग्राहीको काममा कर्मचारीले ढिलासुस्ती गरेको समय अनुसार सम्बन्धित कर्मचारीसँग क्षतिपूर्ति  भराउने बताए । 

लामाले सडकका कर्मचारीहरुको धेरै गुनासो आउने गरेको र अब गुनासो नआउने गरी काम गर्न आग्रह गरे । 

ग्रामीण क्षेत्रका सेवाग्राहीहरूबाट समय–समयमा विभिन्न प्रकृतिका जनगुनासाहरू आउने गरेका कारण ग्रामीण क्षेत्रमा रहेका सडकहरुको पहिला आफु फिल्डमा पुगेर अनुगमन गरेपछि मात्रै अगाडि बढ्ने लामाले दाबी गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise