२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

परिषद्‌द्वारा कालुङचोक क्रिकेट मैदान संघलाई हस्तान्तरण

ADV
कुलेन्द्र शाही
२०८१ भदौ २२ गते १९:१६
परिषद्‌द्वारा कालुङचोक क्रिकेट मैदान संघलाई हस्तान्तरण

सुर्खेत : कर्णाली प्रदेश खेलकुल परिषद्ले निर्माण सम्पन्न गरेको कालुङचोक क्रिकेट मैदान कर्णाली प्रदेश क्रिकेट संघलाई हस्तान्तरण गरेको छ । संघको दोस्रो वार्षिकोत्सव कार्यक्रममा परिषद्का सदस्य–सचिव विश्वामित्र संज्यालले प्रदेश अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्कालाई क्रिकेट मैदान हस्तान्तरणको पत्र हस्तान्तरण गरे ।

कालिन्चोकमा तीन लेन पिचसहित ६५ यार्डको क्रिकेट खेल मैदान, तीन कोठे प्रिफेव घर, एक पानी ट्यांकीसहितको मोबाइल शौचालयसहितका संरचना परिषद्ले संघलाई हस्तान्तरण गरेको हो । यो मैदानमा असार ८ गतेदेखि १४ गतेसम्म मुख्यमन्त्री कप क्रिकेट प्रतियोगीता आयोजना भइसकेको छ । प्रदेश अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष खड्काले रंगशालाको अभावमा पनि कर्णालीमा क्रिकेटको विकास र विस्तार भएको बताउँदै अब ठूला प्रतियोगिता आयोजना गर्न समस्या नहुने बताए ।

उनले प्रदेश राजधानी वीरेन्द्रनगरमै दुई क्रिकेट रंगशाला तयार भएकाले यसको संरक्षण र रेखदेखको जिम्मा क्रिकेटप्रेमीहरुको भएको बताए । उनले परिषद्ले संघलाई हस्तान्तरण गरेको क्रिकेट रंगशालाको संरक्षणका लागि केन्द्रले पाँच लाख रुपैयाँ छुट्याएको बताए । ‘निकट भविश्यमै कर्णालीमा १०औं राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुँदैछ,’ उनले भने, ‘त्यसका लागि क्रिकेट ग्राउण्डको रेखदेख र संरक्षणका लागि संघले आवश्यक रकम छुट्याएको हो ।’

उनले समयमै साधारण सभा आयोजना गर्ने जिल्ला र प्रदेश शाखाहरुलाई प्रोत्साहन स्वरुप ५० हजार र क्रिकेट गतिविधि आयोजनाका लागि थप एक लाख दिने निर्णय भएको बताए । उनले पहिलो चरणमा नेपालका १० जिल्लामा महिला क्रिकेटर प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । ती १० जिल्लाहरुमा कर्णालीका दैलेख र सल्यान छनोट भएका छन् ।

कोषाध्यक्ष खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो पटक कर्णाली सहभागी हुने अवसर पाएको बताए । ‘विगतमा सात टिम हुन्थे बागमतीको प्रतिनिधित्व चितवनले गर्दथ्यो, काठमाडौंको छुट्टै टिम हुन्थ्यो,’ उनले भने, ‘अब एनपीएलमा कर्णाली आफ्नो पहिचानसहित सहभागी भएको छ ।’ उनले एनपीएल आयोजनाबाट संकलन भएको रकम प्रदेश र जिल्लालाई समानुपातिक वितरण गरिने पनि जनाए ।

कर्णाली खेलकुद परिषद्का सदस्य–सचिव संज्यालले क्रिकेट रंगशाला निर्माणसँगै अब खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले नेपालमा पछिल्लो समय क्रिकेट खेलप्रतिको बढ्दो लोकप्रियतालाई संघले ध्यान दिनुपर्ने बताए ।

‘गाउँगाउँमा क्रिकेट खेलको विकासका लागि स्कुलस्कुलमा आउटडोर नेट राखेर अभ्यास गर्ने बानी बसाल्नुपर्छ,’ उनले भने, ‘यसो गर्न सकेको खण्डमा कर्णालीमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिन्छ ।’ उनले प्रदेश राजधानीमा दुई वटा क्रिकेट मैदानका साथै इन्डोर र आउटडोर अभ्यासका लागि नेट राखिएको बताए । सदस्य–सचिव संज्यालले पूर्वी सुर्खेतको मैनतडामा अन्र्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको पहल भइरहेको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise