२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

विपद् व्यवस्थापन तथा उद्धारमा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २२ गते २०:०९
विपद् व्यवस्थापन तथा उद्धारमा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय

अर्घाखाँची : सशस्त्र प्रहरी बल, नेपाल  ३६ नम्बर गुल्म हेडक्वाटर अर्घाखाँचीको सातौ स्थापना दिवस मनाइएको छ । शनिबार विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो । सशस्त्र प्रहरी बल, नेपाल विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका  बाहिनीपति सशस्त्र प्रहरीका डीआइजी प्रदिप कुमार पालले स्थापना दिवसको एक भव्य समारोहबीच उद्घाटन  गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै डीआइजी पालले विपद् व्यवस्थापन तथा उद्वारका कार्यमा अर्घाखाँचीमा रहेको सशस्त्र प्रहरी हेडक्वाटरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै जनतासँग हातेमालो गरेर जनताको सुरक्षा गरिरहेको बताए । 

पालले ठूला दंगा व्यवस्थापनसँगै जिल्लाका विभिन्न स्थानमा भएका ठूला साना आगलागीका घटना तथा बाढी पहिरोका घटनामा मानवीय सुरक्षाका लागि सशस्त्र  प्रहरीले उल्लेखनीय  योगदान गरेको उनले दाबी गरे  ।

यसअघि सशस्त्र प्रहरी ३६ नम्बर गुल्म अर्घाखाँचीले अर्घाखाँचीमा राम्रो काम गर्दै आएकोले   बाहिनी रकर्डमा समेत अर्घाखाँचीलाई उत्कृष्ट मानिन्छ । सशस्त्र प्रहरी बल, नेपाल  ३६ नम्बर  गुल्म हेडक्वाटर अर्घाखाँचीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक निवन  भिमसेन बोहोराले यस गुल्मको गरिमालाई कायम राख्ने गरी शान्ति सुरक्षा अमन चयनमा ध्यान दिँदै सुरक्षा संयन्त्रको सरसल्लाह अनुसार काम गरिरहेको बताए । गुल्मपति बोहोराले ३६ नम्बर गुल्मलाई भवन निर्माण गर्नका लागि जग्गा खरिद गर्न सहजता उपलब्ध गराउने स्थानीय गाउँले तथा समाजसेवीहरु सरोकारवाला  पक्षलाई धन्यावाद ज्ञापन गरे ।

त्यस अवसरमा पूर्व जग्गा खोजबिन गर्ने सहुलियतपूर्ण जग्गा दिने स्थानीयबासी तथा सशस्त्र प्रहरी बलमा राम्रो काम गर्ने विभिन्न तहका प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । 

गुल्मी जिल्लाका सुरक्षा समितिका पदाधिकारी तथा सबै पक्षको आतिथ्यता रहेको स्थापना दिवसमा विभिन्न खेलकुद प्रतियोगितामा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईराला सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई, जिल्ला न्यायाधीश शिवलाल पाण्डे, निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज पाध्य, जिल्ला समन्वय अधिकारी ऋषिराम भुसाल, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासे, प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर लगायतले मन्तव्य राखेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise