२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

बालुवाटारमा सत्ता साझेदार दलको बैठक शुरु 

Nada
२०८१ भदौ २४ गते १७:२८
Shares
बालुवाटारमा सत्ता साझेदार दलको बैठक शुरु 

काठमाडौं :  सत्ता साझेदार दलको बैठक शुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक शुरु भएको हो ।

ncell

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर