२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आईसीसी विश्वकप लिग टु : क्यानडा जाने नेपाली टोलीको घोषणा

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते २०:२५
आईसीसी विश्वकप लिग टु : क्यानडा जाने नेपाली टोलीको घोषणा

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग टु को दोस्रो सिरिज खेल्ने टोलीको घोषण गरेको छ । मुख्य प्रशिक्षक मोन्टी देसाईले सोमबार लिग टुअन्तर्गत क्यानडामा आयोजना हुने त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेका हुन् ।

टोलीमा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् । टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीमा छन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नै उक्त सिरिजको खेल तालिका सार्वजनिक गरेको थियो । उक्त सिरिजमा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुने छ ।

खेल तालिकाअनुसार नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्ने भएको छ । उक्त खेल भदौ ३१ गते हुने छ । यस्तै नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग रहेको छ ।

तेस्रो खेलमा नेपालले असोज ६ गते क्यानडाको सामना गर्नेछ भने चौथो तथा अन्तिम खेलमा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सबै खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे शुरु हुनेछ ।

ओडीआई सिरिज सकिएको २ दिनपछि तीन वटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने भएको छ । टी–२० आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

लिग टुअन्तर्गतको पहिलो सिरिज भने काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । पाहुना टोली नामिबियाविरुद्धको दुवै खेलमा हार व्यहोरेको नेपालले नेदरल्यान्ड्ससँग एक खेलमा जित र एक खेलमा पराजयको नतिजा निकालेको थियो ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise