२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमाले सुर्खेतको वार्षिक कार्ययोजना पारित

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १२:४७
एमाले सुर्खेतको वार्षिक कार्ययोजना पारित

सुर्खेत : नेकपा एमाले सुर्खेतको दोस्रो बैठक वार्षिक कार्य योजना पारित गरेको सम्पन्न भएको छ । सोमबार जिल्ला पार्टी कार्यालय हटिया चौकमा बसेको दोस्रो पूर्ण बैठकले विभिन्न निर्णयहरू गर्दै वार्षिक कार्य योजना पारित गरेको हो ।

एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, केन्द्रीय सल्लाहकार परिषद् सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य कँडेलले पार्टीको अबको लक्ष्य मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टी गतिविधि तथा अभियानहरू अघि बढाउन निर्देशन दिए ।

उनले पार्टी निर्माणको काममा उत्साहित भएर लाग्न आग्रह गरे । नेता कँडेलले निराशाका कुरा गरेर अघि बढ्न नसकिने भन्दै आशा र उत्साहको सञ्चार हुने गरी काम गर्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू लाई सुझाव दिए । यस्तै, बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवराज रावत, केन्द्रीय सदस्य मोहनमाया ढकाल र ठम्मर विष्टले वार्षिक कार्य योजना अनुरूप पार्टी कमिटीहरूले सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए ।

एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाका अनुसार दोस्रो पूर्ण बैठकले पार्टीका अभियानलाई व्यवस्थित र प्रभवकारी रूपले अघि बढाउने निर्णय गरेको छ । बैठकले एमालेको जलाधार थप बलियो बनाउन यो वर्ष आवश्यक प्रशिक्षण, भेला, विषयगत अन्तरक्रिया र संवादहरूलाई निरन्तरता दिने कार्य योजना रहेको तिमिल्सिनाले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise