२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सरकारले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास गरिरहेको छ : सांसद गौतम 

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १४:०७
सरकारले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास गरिरहेको छ : सांसद गौतम 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले उपसभामुखमाथि महाभियोग लगाउने सरकारको तयारी लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको टिप्पणी गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सत्ताले संख्याको दम्भ देखाएको आरोप लगाउदै यस्तो टिप्पणी गरेकी हुन् । 

“सत्तापक्षले महाअभियोगको तयारी गरिरहेको छ भन्ने कुरा आएको छ, संख्याको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास सरकारले गरिरहेको छ । हामीले खबरदारी गरिरहेका छौं,” उनले भनिन् ।

सन् २०२३ फेब्रुअरी २६ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि सार्न आग्रह गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेको बिषयलाई आधार बनाउदै सरकारले महाअभियोग लगाउने तयारी गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise