२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एमालेले माग्यो उपसभामुखको राजीनामा, माओवादीले गर्‍यो खबरदारी

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १४:३९
एमालेले माग्यो उपसभामुखको राजीनामा, माओवादीले गर्‍यो खबरदारी

काठमाडौँ : नेकपा एमालेका सांसदले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे । ‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ‚’ उनले भने‚‘ उपसभामुखले राजीनामा दिन माग गर्दछु ।’

एमालेका सांसद गोकुल बास्कोटाले लोकतन्त्रमा प्रश्न उठाउन पाइने र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफूमाथि प्रश्न उठेका बेला राजीनामा गरेको बताए । उनले राजनीतिक मान्छेसँग यति आट र साहस हुनुपर्ने बताए । यति धेरै प्रश्न उठेपछि पदबाट राजीनामा गर्नुपर्ने उनले बताए ।

सांसद शोभा ज्ञवालीले उपसभामुख इन्दिरा राना मगरले केही व्यक्तिलाई अमेरिका पठाउने भनेर अमेरिकी दूतावासमा चिठ्ठी लेख्नु मानव तस्करी भएको आरोप लगाएकी छन् । 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गरेका हुन् । 

यस्तै माओवादी सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी गरे । उनले भने‚‘हामी खबरदार गर्न चाहान्छौँ यस्ता कदम नचालियोस् ।’

ADVADV

सम्बन्धित खबर

Advertise