२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

draupadi film
मध्यान्ह
२०८१ भदौ २६ गते १९:०८
असोज ३ गतेसम्म काठमाडौं नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसले असोज ३ गतेसम्म आफ्ना सांसदहरुलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ ।

बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् ।

त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ ।

उपसभामुख इन्दिरा राना मगरको आचरणमा प्रश्न गर्दै कांग्रेसले पनि उनको राजीनामा मागेको छ ।

राजीनामा नदिए हटाउने प्रक्रिया शुरू गर्नुपर्ने भएकाले सांसदहरूलाई उपत्यका नछाड्न भनिएको बताइएको छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise