२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मन्त्री कुर्मीको राजीनामा स्वीकृत

ADV
सपना बोहरा
२०८१ भदौ २६ गते २१:३५
मन्त्री कुर्मीको राजीनामा स्वीकृत

दाङ : लुम्बिनी  प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत गरेका छन् । 

मन्त्री कुर्मीले मंगलबार राजीनामा दिएका थिए । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । 

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी र प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरु फेला परेको छ । उनी बाँके क्षेत्र नम्बर ३ ‘ख’ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise