२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

‘भौतिक विकासले मात्रै समृद्ध नगरपालिका बन्न सक्दैन’

Nada
सूर्यप्रसाद भुसाल
२०८१ भदौ २६ गते २१:४२
Shares
‘भौतिक विकासले मात्रै समृद्ध नगरपालिका बन्न सक्दैन’

अर्घाखाँची : अर्घाखाँची भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले  समग्र नगरपालिकाको समृद्धिका साथै आर्थिक क्रान्तिका  निम्ती नगरभित्र रहेका प्रत्येक नागरिक उत्पादन र बजारीकरणमा  जोडिनुको विकल्प नभएको बताएका छन् ।

ncell

सरकारले युवाहरुलाई संरक्षण गर्न नसक्दा अहिले सरकारी नीति युवा मैत्री नभएको  कारण पनि  युवा बेरोजगारी बढेको अवस्थामा युवाहरुको विदेश पलायनलाई रोक्न भूमिकास्थान नगरपालिकाले  कर्मशिल जनशक्ति परिचालन गरी नयाँ कार्यक्रम ल्याउँदा अहिले यो कार्यक्रम प्रभावकारी भएको उनको भनाइ छ  ।

भूमिकास्थान नगरपालिकामा कर्मचारीहरुसँग भएको  एक कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालीले भने, ‘भन्दा र  सुन्दा सामान्य लागेपनि कर्मशिल जनशक्ति परिचालनले नगरपालिकाको बसाइ सराइँ समेत कम भएको नगरपालिकाले महशुस गरेको छ । यो कार्यक्रमले आयआर्जमा वृद्धि गरेको छ ।’

उनले सिमित स्रोत–साधनको अधिकतम उपयोग गरेर उत्पादन, रोजगार र समग्र विकासमा नगरपालिका अगाडि बढेको बताए । स्थानीय सरकारले युवामैत्री काम गर्छ भन्नेकुरा व्यवहारबाट देखिन्छ भन्दै नेपालीले  नगरपालिकाले गरेका राम्रा काममा खुलेर सहयोग गर्न र सकारात्मक सुझाव दिन सेवाग्राहीलाई आग्रह समेत गरे ।

समृद्धिका संवाहक युवाहरुलाई विदेश पलायन हुन नदिने गरी   स्थानीय सरकारले नीति ल्याउन लागेको बताउँदै उनले गलत नीतिकाविरुद्धमा सबैले आवाज बुलन्द गर्नुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर