२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडी सार्वजनिक

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते १४:४९
नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडी सार्वजनिक

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडी सार्वजनिक गरेको छ । शुक्रबार क्यानले नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुने प्रतियोगिताका लागि ८ मार्की खेलाडी सार्वजनिक गरेको हो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण के.सी, आसिफ सेख, कुशल भुर्तेल
र कुशल मल्ल मार्की खेलाडी रहनेछन् ।

तर कुन खेलाडीलाई कसले किन्ने त्यो भने शनिबार एक पत्रकार सम्मेलन गर्दै लक्की ड्रमार्फत छनोट हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर फ्रेन्चाइजी टिम छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise