२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

सहकारी छानबिन समितिले आज प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

draupadi film
मध्यान्ह
२०८१ भदौ २९ गते ११:१०
सहकारी छानबिन समितिले आज प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

काठमाडौँ :  सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । आज बेलुका ५ बजे सिंहदरवारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्ने भएको हो । 

समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारीको रकम ठगेर विदेशमा फरारको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो ।

समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise