२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गाईघाटमा एकीकृत समाजवादीको सन्देश सभा

ADV
मध्यान्ह
२०८१ भदौ २९ गते १४:४५
गाईघाटमा एकीकृत समाजवादीको सन्देश सभा

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको सन्देश सभा उदयपुरको  गाइघाटमा सम्पन्न भएको छ । एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा १० औँ महाधिवेशनपछि पहिलो सन्देश सभा उदयपुरमा सम्पन्न भएको हो । 

कार्यक्रममा एमाले, नेपाली कांग्रेस, जसपा, माओवादी र स्वतन्त्र नागरिकहरूसमेत गरी ५ सय ४६ जना एकीकृत समाजवादी प्रवेश गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । 

पार्टी अध्यक्ष नेपाल, पार्टीका वरिष्ट नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, जगन्नाथ खतिवडा, सचिव वलदेव चौधरीलगायतका नेताहरूले नव प्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।  

उदयपुरमा शनिबार नै कोशी प्रदेशबाट चुनिएका केन्द्रीय सदस्यहरूको भेला आयोजना गरिएको छ । भेलाले प्रदेशको पार्टी रणनीतिक विषयहरूमा छलफल गरी महत्वपूर्ण योजनाहरूमा ध्यान केन्द्रीत गर्ने बताइएको छ ।

पार्टीमा कार्यविभाजन भइनसकेकोले अस्थायी रुपमा कोशीको इन्चार्जको रुपमा सचिव खतिवडालाई जिम्मेवारी प्रदान गरिएको छ ।

सन्देश सभाको अध्यक्षता जिल्ला अधक्ष बिनोद खडका र सञ्चालन पशुपति कुमारी चौधरीले गरेका थिए । कार्यक्रममा करिव २ हजार नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise