२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

घरेलु हिंसा र लागुऔषध दुर्व्यसनबिरुद्ध सचेतना कार्यक्रम आयोजना 

ADV
महमद सदाब
२०८१ भदौ २९ गते १५:०८
घरेलु हिंसा र लागुऔषध दुर्व्यसनबिरुद्ध सचेतना कार्यक्रम आयोजना 

वीरगञ्ज : घरेलु हिंसा र लागुऔषध दुर्व्यसनजस्ता बढ्दो सामाजिक समस्याहरूविरुद्ध सचेतना फैलाउने उद्देश्यले नेपाल मुस्लिम पत्रकार संघद्धारा वीरगञ्ज महानगरपालिका वडा नं.१३ मुरलीमा सचेतना कार्यक्रम आयोजना गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय, पर्साको समन्वयमा आयोजना गरिएको कार्यक्रममा स्थानीय समुदायलाई यी समस्याहरूको नकारात्मक प्रभावबारे जानकारी गराउँदै तिनको समाधानका लागि आवश्यक कदम चाल्न प्रोत्साहित गरिएको थियो । 

कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई घरेलु हिंसा र लागुऔषध दुर्व्यसनको बारेमा सचेत गराउँदै, परिवारमा यसले पुर्‍याउने असर र तिनको रोकथामको महत्त्वलाई उजागर गरिएको थियो । कार्यक्रमका वक्ताहरूले घरेलु हिंसा र लागुऔषध दुर्व्यसनको घटनाहरू तुरुन्तै रिपोर्ट गर्न, पीडितहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन र समुदायलाई स्वस्थ र हिंसारहित बनाउन जोड दिएका थिए । 

कार्यक्रममा प्रहरी प्रतिनिधिहरूले कानूनी संरचनाहरूको बारेमा जानकारी दिँदै, घरेलु हिंसा वा लागुऔषध दुर्व्यसनका पीडितहरूका लागि सहयोग प्राप्त गर्न सहज हुने कुरा व्यक्त गरे । 

कार्यक्रममा वीरगञ्ज.महानगरपालिका वडा नं.१३ का वडा अध्यक्ष हिरा गिरीको प्रमुख आतिथ्यता रहेको थियो । साथै, श्रीपुर वडा प्रहरी कार्यालयका वरिष्ठ सई गोरख शाही, जिल्ला प्रहरी कार्यालय पर्सा महिला सेलका वरिष्ठ सई स्वप्निल देवकोटा, असई नन्द कला, नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर मियाँलगायतका सदस्य र स्थानीयहरूको उपस्थिति रहेको थियो ।  

कार्यक्रमको अन्त्यमा, सबै सहभागीहरूलाई आफ्नो समुदायमा सतर्क रहन र घरेलु हिंसा तथा लागुऔषध दुर्व्यसनको रोकथाममा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष मियाँले आग्रह गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise