२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बझाङका अधिकांश ठाउँमा विद्युत सुचारु

Nada
सत्यराज सिंह
२०८१ भदौ ३० गते २०:४३
Shares
बझाङका अधिकांश ठाउँमा विद्युत सुचारु

बझाङ : बुधबारदेखि अवरुद्ध राष्ट्रिय प्रसारण लाइनको विद्युत आइतबार साँझदेखि बझाङका अधिकांश ठाउँमा सुचारु भएको छ । डडेल्धुराको भालुमारे र छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटारमा अवरुद्ध विद्युत आंशिक रुपमा सुचारु भएको हो । आइतबार दिउँसो बित्थडचिरसम्म सुचारु भएको विद्युत आइतबार साँझ जयपृथ्वी नगरपालिकासहित तल्कोट, मष्टा, खप्तडछान्नामा सुचारु भएको छ । 

ncell

अझै छबिसपाथिभेरा, दुर्गाथलीमा भोली मात्रै विद्युत सुचारु हुने वितरण केन्द्र बझाङले जनाएको छ । आइतबार देउलेखदेखि सुनकुडासम्म फेरि एक फेजमा फल्ट आएकाले एक लाइन भने अझैं सुचारु नभएको वितरण केन्द्र बझाङले जनाएको छ । दुई फेजमा विद्युत सुचारु भए पनि एक फेजमा समस्या देखिदा धेरैजसो सेवाग्राही अझै मारमा परेका छन् ।

ताजा खबर

सम्बन्धित खबर