२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मुस्लिम धर्मावलम्बीले मनाए मोहम्मद जयन्ती

ADV
महमद सदाब
२०८१ भदौ ३१ गते १४:२३
मुस्लिम धर्मावलम्बीले मनाए मोहम्मद जयन्ती

वीरगञ्ज : इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदको जन्मजयन्ती मुस्लिम समुदायले हर्सोहुल्लासका साथ देशभर मनाएका छन् । मोहम्मद डे अर्थात मोहम्मद जयन्तीलाई ईद उल मिलान नबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ ।

मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ, हजरत मोहम्मदका उपदेश स्मरण, सामूहिक भोजन तथा एकअर्कामा शुभकामना साटासाट गरेर मोहम्मद जयन्ती मनाएका हुन् । 

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत १४९९औं मा भएको थियो । उनको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट सन् ५७० मा जन्म भएको थियो । उनको निधन भने ६३२ जुन ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।

साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका प्रचार संस्थापक हुन् । मोहम्मद जयन्तीको अवसरमा वीरगञ्ज महानगरको विभिन्न ठाउँबाट मुस्लिम समुदायले जुलुस निकालेका थिए । उक्त जुलुस नगर परिक्रमा गरी वीरगञ्जस्थिति घण्टाघरमा समापन भएको थियो । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले मुस्लिम समुदायका व्यक्तिहरुसँग शुभकामना साटासाट गरेका थिए ।

मोहम्मद दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ भने मधेश प्रदेश सरकारले पनि सार्वजनिक बिदा दिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise