२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

आरके सुवेदी गोल्डकप : अजय एफसीले जित्यो उपाधि

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते १९:१०
आरके सुवेदी गोल्डकप : अजय एफसीले जित्यो उपाधि

काठमाडौं : बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न १८औं राम बहादुर (आरके) सुवेदी गोल्डकप सेभेन ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि अजय एफसीले जितेको छ ।

तेन्जिङ चोक, बौद्धस्थित इलाइट फुटसलमा भएको उपाधि भिडन्तमा अजय एफसीले मोलम एफसीलाई ३–० गोलअन्तरले हराउँदै उपाधि जितेको हो । अजय एफसीको जितमा कुशन श्रेष्ठले दुई गोल गर्दा सन्तलाल तामाङले थप एक गोल गरे ।

विजेता बनेको अजय एफसीले उपाधिसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्दा उपविजेता मोलम एफसीले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ अजय एफसीकै अनिष माझी उत्कृष्ट गोलरक्षक बन्दा अजय एफसीकै कुशन श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै मोलमका सुरेश श्रेष्ठ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए भने फियर प्लेको अवाड सेभेन एट एफसीले प्राप्त गरेको छ  ।

देशभरिका कूल १०२ टिमबाट खुला छनोट गरेर ३२ टिमको संयोजन गरी खेलाएको उक्त प्रतियोगिता अत्यन्तै रोचक रहेको थियो । प्रतियोगिताको फाइनलमा विभिन्न चलचित्रकर्मी, उद्यमी, पत्रकार समजसेवीहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

उपस्थित हुने सम्पूर्णले फुटसल इतिहासकै आकर्षक टर्फी, नौकन्या र नाङ्लोमा दियो बालेर धार्मिक परामपरा शैलीमा दिएको नगद पुरस्कारको उच्च प्रशंसा गरेका थिए । त्यसैगरी बक्स अफिस इन्टरनेशनल ग्रुपले मंसिर २७ र २८ गते इलाइटमै ओपन च्यालेन्ज टेलिफिल्म कपको आयोजना गर्ने पनि अध्यक्ष आरके सुवेदीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise