२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रौतहटमा जसपा नेपालको विस्तारित बैठक सम्पन्न

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ ३१ गते २२:००
रौतहटमा जसपा नेपालको विस्तारित बैठक सम्पन्न

रौतहट : जनता समाजवादी पार्टी नेपाल रौतहटको विस्तारित बैठक सम्पन्न भएको छ । कार्यसमिति आयोजनामा भएको कार्यक्रम गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुरस्थित गोपाल सेवा समितिको सभा हलमा सम्पन्न भएको हो । 

कार्यक्रमको अध्यक्षता जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले गरेका थिए । जनतासँग निकट रही पार्टीलाई अझै सशक्त बनाउन र संगठनलाई बलियो बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो । 

कार्यक्रममा माधवनारायण नगरपालिकाका पूर्व मेयर विरेन्द्र प्रसाद यादवको नेतृत्वमा वडा नं. २, खेसरहियाका पूर्ववडाध्यक्ष, नेकपा माओवादी केन्द्रका नन्हक सहनी उर्फ हनुमान सहनीसहित सयौँको संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन् । 

यस्तै, दुर्गा भगवती गाउँपालिका वडा नं. २ का पूर्व वडाध्यक्ष नेकपा एमालेका रमेश महतो, गरुडा नगरपालिकाका अनिल यादवको नेतृत्वमा गरुडा नगरपालिका वडा नं. ७, पिपरिया भिंडाबारका नेपाली कांग्रेसका पूर्व गा.वि.स. उपाध्यक्षसहित दर्जनौँले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन् ।  

कार्यक्रममा समाजवादी युवा संघ नेपाल रौतहटका जिल्ला अध्यक्ष पुन प्रताप पटेलको नेतृत्वमा देवाही गोनाही नगरपालिका वडा नं. ७, उचिडिहका मुनिफ अन्सारीसहित दर्जनौँको संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश कार्यक्रममा उपस्थित नेताहरूले जसपा नेपालको नीतिलाई समर्थन गर्दै पार्टीको उन्नतिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

जसपा नेपालको केन्द्रीय उपाध्यक्ष पूर्व मन्त्री गोबिन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि जसपा नेपालको केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सभा सदस्य रामकिशोर प्रसाद यादव, प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद (फूलबाबू), शोभा देवी साह, राष्ट्रिय सभा सदस्य पूजा चौधरी लगायतको उपस्थिति रहेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise