ललितपुर : ललितपुरको बज्रबाराहीमा जुनियर क्योकुशिन कराते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । नेपाल फुलकन्ट्याक इन्कोर्पाेरेटेड क्योकुशिन कराते फाउण्डेशनको आयोजनामा भएको प्रतियोगितामा १ सय ६० जना खेलाडीहरुले सहभागिता जनाएको ब्राञ्च चिफ शिहान जय देसारले जानकारी गराए ।
गोदावरी नगरपालिका वडा नं. ११ बज्रबाराहीस्थित ज्योतीय सहकारी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा पुरुषतर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । त्यस्तै महिलातर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको शुभारम्भमा मन्तव्य राख्दै वडा अध्यक्ष निलबहादुर देसारले खेलाडीहरुको हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरेकामा धन्यवाद व्यक्त गरे । खेलले मानिसलाई स्वस्थ राख्न सहयोग पु¥याउने भएकाले यसलाई निरन्तरता दिँदै अध्ययनमा विशेष ध्यान दिन आग्रह गरे ।
ब्राञ्च चिफ देसारले १९ वर्षसम्म राष्ट्रिय प्रतियोगिता गरेको यस संघले खेलाडीहरुको हौसला प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको बताए ।