२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

अफ्रिका महादेशमै पहिलोपटक दशैं मेला हुँदै, ज्योति मगर र राजु परियारले प्रस्तुति दिने

shivam cement
अनिल बानिया
२०८१ असोज ४ गते १९:२७
Shares
अफ्रिका महादेशमै पहिलोपटक दशैं मेला हुँदै, ज्योति मगर र राजु परियारले प्रस्तुति दिने

सेसेल्स, आइल्याण्ड : अफ्रिका महादेशमै सम्भवतः पहिलो पटक दशैं मेला आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वलाई प्रतिनिधित्व हुने गरी पूर्वी अफ्रिकाको सुन्दर देश सेसेल्स आइल्याण्डमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सले ‘दशैं मेला २०२४’ आयोजना गर्न लागेको हो ।

आगामी अक्टोबर ५ र ६ गरी दुईदिने दशैं मेलामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित नेपालीले बनाएको हस्तकला प्रदर्शनसहित नेपाली खानाको परिकारहरुको स्टल राखिने कार्यक्रमको तयारीमा जुटिरहेका एनआरएन सेसेल्सका महासचिव पंकज श्रेष्ठले जानकारी दिए । 

दशैं मेलामा नेपालकी चर्चित गायिका एवम् नृत्यंगना ज्योति मगरसहित नेपाली लोक तथा दोहोरी गायक राजु परियारले प्रस्तुति दिने भएका छन् । मेलामा सेसेल्सका कलाकार तथा प्रवासी नेपाली कलाकारहरुको गायन, नृत्यसहित विविध प्रस्तुति समेत रहने छ ।

पहिलो पटक देशव्यापी प्रवासी साहित्यकारहरुलाई समेट्ने जमर्कोसहित खुला कविता प्रतियोगीता एवम् खेलप्रेमीहरुको चाहनालाई मध्यनजर गरेर भलिबल प्रतियोगितासमेत आयोजना गरिँदै छ । छोटो समयमा स्थापना भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् सेसेल्सले सामाजिक सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विकले यसपटक आयोजना गर्न लागिएको अहिलेसम्मकै ठूलो कार्यक्रम दशैं मेला २०२४ लाई सफल बनाएर भरपुर मनोरञ्जन लिन सबैमा आग्रह गरेका छन् ।

सम्बन्धित खबर