२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नुवाकोट कलाकार समाज गठन, अध्यक्षमा राई

Nada
अन्जान गुभाजु
२०८१ असोज ५ गते १७:२३
Shares
नुवाकोट कलाकार समाज गठन, अध्यक्षमा राई

नुवाकोट : नुवाकोट क्षेत्रका कलाकारहरूको एकता र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोट कलाकार समाज गठन गरिएको छ । बालाजुस्थित भ्याली कोल्डस्टोर मण्डला क्याफेमा आयोजित विशेष बैठकले प्रचण्ड बाबु राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

ncell

बैठकले समाजलाई कलाकारहरूको सिर्जनशीलता, कला, संस्कृति र कलाकारी जीवनलाई संरक्षण गर्ने उद्देश्यले अगाडि बढाउने योजना बनाएको छ । समाजले कलाकारहरूको सामाजिक र आर्थिक सशक्तीकरणमा समेत ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र रिमाल, सचिवमा सुनिल थापा मगर, कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ तथा सदस्यहरुमा प्रविन डंगोल, साहस शाक्य, सुजित श्रेष्ठ, ध्रुव तमाङ, पवित्र गुरुङ, शैलेन्द्र शाही, सन्तोषी कार्की, सन्दिप सिंह थिङ र प्रेम राई चयन सभएका छन् ।

यस्तै कानूनी सल्लाहकारमा गोकर्ण पुडासैनी चयन भएका छन् भने सल्लाहकारहरूमा दामोदर खतिवडा, उसनमान श्रेष्ठ र पुरुषोत्तम डंगोल चयन भएका छन् ।

समाजका नवनिर्वाचित अध्यक्ष राईले कलाकारहरूको हकहितमा समाजले निरन्तर काम गर्दै कलाकारहरूको पहिचान र कलाको जगेर्ना गर्ने बताए । उनले कलाकारहरूको रचना उजागर गर्न र समाजमा सांस्कृतिक चेतना फैलाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि प्रस्तुत गरे ।

सल्लाहकारहरूको रायअनुसार समाजले कलाकारिता क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न कानूनी तथा संस्थागतरूपमा पहल गर्ने उनले बताए ।

सम्बन्धित खबर