२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नाइजेरियामा छायाँकन गरिएको ‘सान्नानी २ स्याना’ सार्वजनिक

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ५ गते १९:३७
नाइजेरियामा छायाँकन गरिएको ‘सान्नानी २ स्याना’ सार्वजनिक

दोहा, कतार : करिब ५० लाख नेपालीहरू विभिन्न पेसा तथा रोजगारीका लागी नेपाल बाहिर रहेको सरकारी तथ्यांक छ । प्रवासमा रहेका नेपालीहरूले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा विभिन्न माध्यमबाट चिनाइरहेका छन्, तर चर्चित टिकटक एपबाट अफ्रिकन मुलुक नाइजेरियमा रहेका विष्णु गिरीले नेपाली गीतसंगतीमार्फत देशलाई चिनाइरहको विषय लुकेको छैन ।

बागलुङको बडीगार्ड गाउँपालिका–२ मा जन्मेका गिरी विगत १४ वर्षदेखि नाइजेरियामा रहेर आफ्नो रोजगारीसहित नेपाली गीतसंगीतलाई प्रवद्र्धन गरिरहेका छन् । एक साल पहिले अफ्रिकामा नै छायाँकन गरिएको सान्नानी गीतमा अभिनय र निर्देशन गर्दै नेपाली सांगीतिक जगतमा प्रवेश गरेका उनले यो वर्ष उक्त गीतको सिक्वेलका रूपमा ‘सान्नानी २ स्याना’ लिएर बजारमा आएका छन् ।

नाइजेरियमा नै नाइजेरियन महिला तथा पुरुषलाई लिएर शिव गिरीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो शुक्रबार विष्णु गिरी अफ्रिका च्यानलमार्फत बजारमा आएको छ । माया प्रेम, पैसा र धोकाको कथा बोल्ने भिडियोमा गिरीलाई नाइजेरियन महिला आन्थोनी फाभोरले साथ दिएकी छन् । हरि गिरी विमर्शीको शब्द संगीतमा तयार भएको गीतमा वन्दना पाण्डे र हरिकै आवाज सुन्न सकिन्छ । याम थापा मगरले सगीत संयोजन गरेका छन् भने भिडियोलाई नाइजेरियन नागरिक टोपर्जले खिचेका हुन् ।

विष्णु र अलोजी मलाचीले कोरियोग्राफी गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । सार्वजनिक भएको २४ घण्टामा करिब पौने दुई लाख दर्शकले हेरेको गीतको भिडियोमा नेपाली र नाइजेरियन गरी एक दर्जनभन्दा बढी कलाकारले नृत्य गरेका छन् ।


ADVADV

सम्बन्धित खबर

Advertise