२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

साउदीको ९४औं राष्ट्रिय दिवसमा स्वागत समारोह सम्पन्न

Nada
२०८१ असोज ८ गते १२:०४
Shares
साउदीको ९४औं राष्ट्रिय दिवसमा स्वागत समारोह सम्पन्न

काठमाडौं : मित्रराष्ट्र साउदी अरब अधिराज्यको ९४औं राष्ट्रिय दिवस सोमबार काठमाडौंमा उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा स्वागत समारोहका साथ मनाइएको छ ।

ncell

सो अवसरमा स्वागत मन्तव्य राख्दै नेपालका लागि साउदीका राजदूत साद बिन नासिर अबु हैमदले नेपालमा जलविद्युत, सिँचाइलगायतका आयोजनाको विकासका लागि साउदी अरबले साउदी कोषमार्फत १५ करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराएको बताए ।

राजदूत हैनदले सन् २०२३ देखि साउदी अरबमा अध्ययन गर्नका लागि वार्षिक १२० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गर्दै साउदी अरबमा हाल चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत रहेको जानकारी दिए ।

नेपाल र साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध सन् १९७७ मा स्थापना भएदेखि नै सुमधुर रहेको उल्लेख गर्दै राजदूत अबु हैमदले राजा सलमान बिन अब्दुलाजिज अल साउद र युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको नेतृत्वमा पूर्वाधार विकास, दिगो विकास र सूचना प्रविधिमा साउदी अरेबियाले महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको बताए । 

कार्यक्रममा राजनीतिक दलका नेता, पूर्वमन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षाकर्मी, कूटनीतिज्ञ, व्यापारी, समाजसेवी, पत्रकारलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा साउदीको “भिजन २०३०” विषयक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर