२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दुर्गा प्रसाईंको रिट न्यायाधीश राउतको इजलासमा

Nada
२०८१ असोज ८ गते १२:१४
Shares
दुर्गा प्रसाईंको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । प्रसाईंका छोरा निरज प्रसाईंले सोमबार दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेशी तोकिएको हो ।

ncell

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) ले साइबर ब्यूरोमा चरित्र हत्या गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई काठमाडौँ जिल्ला अदालतले तीन दिनको म्याद थप गरेर हिरासतमा राख्ने अनुमति दिएपछि उनको रिहाइको माग गर्दै छोरा सर्वोच्च पुगेका हुन् । प्रसाईंलाई पक्राउ गरेको विरोधमा समर्थकहरूले काठमाडौँ, झापा लगायतका ठाउँमा विरोध प्रदर्शन पनि गरेका छन् ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर