सरकारले पशुपतिनाथमा हरेक साँझ हुने आरती अगाडि अनिवार्य राष्ट्रिय गान बजाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले लिएको यो नीति कार्यान्वनमै आइसकेको छ । अब हरेक साँझ पशुपतिमा आरती अगाडि राष्ट्रिय गान अनिवार्य बजाउनुपर्ने हुन्छ । यसको पक्ष र विपक्षमा आवाज उठाउनेको संख्या एकपछि अर्को थपिदै गएका छन् । सरकारी पक्षधरको तर्कअनुसार राष्ट्रिय गानले कुनै क्षति पुग्दैन, लाभ नै हुनेछ ।
तर, विपक्षमा बोल्नेहरुको आवाजमा भने अनेकन तर्क छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त समग्र, परम्परा तथा संस्कृति विरुद्धको कार्य भनेको छ । काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सांसद भिमसेनदास प्रधानले आइतबारको प्रतिनिधिसभा बैठकमै यसबारे चर्को आवाज उठाए । सांसद प्रधानमन्त्री पशुपतिनाथ आरती मात्रै नभएर दाहसंस्कार गर्ने मलामी तथा किरीयापुत्रीहरु पनि हुने स्मरण गराए । शोकमा रहेका र बसेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने उल्लेख सांसद प्रधानको तर्क थियो ।
उनले पशुपतिनाथमा राष्ट्रिय गान बजाएर राष्ट्रिय गानकै अनादर गरेको टिप्पणी गरेका छन् । पशुपतिनाथमा राष्ट्रिय गान बजाउने निर्णयले सरकारकै शाखमाथि समेत प्रश्न उठ्ने कांग्रेस सांसदहरुले तर्क गरेका छन् । कांग्रेस केन्द्रीय कार्य समिति बैठकबाटै सरकारी निर्णयको विरोध जनाएको छ । सरकारको यो निर्णयलाई काँग्रेसले पञ्चायती शासन व्यवस्थासँग तुलना गरेको छ । जहाँ पायो त्यही राष्ट्रिय गान बजाउन नहुने तर्क काँग्रेसले गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मात्रै होइन, संस्कृतिविदहरुले सरकारको यो निर्णयको विरोध जनाएका छन् । कतिपयले भने यसलाई सरकारको अपरिपक्क निर्णय मानेका छन् भने केही संविधानकै भावको पालना हुन नसकेको टिप्पणी गरेका छन् । २०७२ को संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य मानेको छ । तर पशुपतिमा आरती अगाडि राष्ट्रिय गान बजाएर राज्यलाई धर्मसँग जोडेको समेत टिप्पणी भएका छन् । राष्ट्रिय गानले पक्कै एकताको भावलाई बलियोगरी बाध्छ ।
त्यसैले राष्ट्रिय गानलाई कसैले मेरो वा कसैको नभनी हाम्रो भन्छन् । तर सरकारी निर्णयले भने हिन्दू संस्कृतिसँग अभिन्न ढंगले जोड्ने काम गरेको छ । निष्कर्षमा भने सरकारले हतारमा थुप्रै निर्णय गर्दै आएको छ । त्यसैको पछिल्लो परिघटना मात्रै हो, पशुपतिनाथमा राष्ट्रिय गानको विवाद । यसर्थ सरकार बेलैमो सजग बन्नु नै श्रेयष्कर हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies