२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

ADV
मध्यान्ह
२०८१ असोज ११ गते ११:२७
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक बिहान ११:३० बजेका लागि डाकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा स्थानीय तहको उपनिर्वाचन, प्रथम राष्ट्रिय भेलाको समीक्षालगायत समसामयिक राजनीतिक गतिविधिमा छलफल हुनेछ ।

यसै गरी रास्वपा नेताहरूको चीन भ्रमण र पार्टी गतिविधि र महाधिवेशन केन्द्रित गतिविधिका विषयमा समेत बैठकमा छलफल गर्ने तयारी भएको झाले बताए ।

उनका अनुसार आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार नै २:३० बजे हुने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise