२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राजापुरमा विपद् पोर्टल तथा तथ्यांक व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सम्पन्न

ADV
सन्तोष पौडेल
२०८१ जेठ ३२ गते १२:२९
राजापुरमा विपद् पोर्टल तथा तथ्यांक व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सम्पन्न

बर्दिया : बर्दियाको राजापुरमा विपद् पोर्टल तथा तथ्यांक व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राजापुर नगरपालिका र युनिक नेपालको साझेदारी तथा ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोगमा सञ्चालित सुरक्षित आवास परियोजनाअन्तर्गत शुक्रबार अभिमुखीकरण गराइएको हो । 

विपद् पोर्टलमा तथ्यांक व्यवस्थापन, तथ्यांकको प्रयोग तथा अभिलेखीकरण प्रक्रियामा पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले जानकारी दिए ।

कार्यक्रममा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय विपद् व्यवस्थापन समिति, समुदायस्तरीय विपद् व्यवस्थापन समिति र रेडक्रसका प्रतिनिधिहरु, दुई वटै पालिकाका विपद् सम्पर्क व्यक्तिहरु तथा तयार नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विपद् पोर्टलमा तथ्यांक व्यवस्थापन, तथ्यांकको प्रयोगसहित मनसुनजन्य तथा आगलागीजन्य विपद्‍बाट प्रभावित घरको पुनर्निर्माणका लागि कार्यविधिका बारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रमको सहजीकरण ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका प्राविधिक संयोजक लक्ष्मी प्रसाद भट्ट र सूचना व्यवस्थापन अधिकृत सविन श्रेष्ठले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise