महोत्तरी : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संघियताको सबैभन्दा ठूलो दुश्मन भएको आरोप लगाएका छन् । आज महोत्तरीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले संघीयता असफल बनाउन चाहेको आरोप लगाएका हुन् ।
संविधानमा च्याप्छु भन्ने र संविधानलाई च्यात्छु भन्ने दुबै शक्तिबाट संघियता र संविधानमाथि खतरा रहेको नेता थापाको भनाइ छ ।
नेता थापाले सरकारले संघीयता विरोधि कानून ल्याउँदा समेत सरकारमा रहेको समाजवादी पार्टी चुप लागरेर बस्नु अनौठो रहेको पनि बताए । उनले कांग्रेसले संविधान रक्षार्थ संविधानलाई संशोधन गरि सर्वस्वीकार्यता बनाउन चाहेको दावी पनि गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies