काठमाडौं : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दामा फरार व्यक्तिलाई जेल चलान गरिएको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार मुद्दामा ठगी गर्ने काठमाडौँ महानगरपालिका–१० बस्ने ४६ वर्षीय विमला थापालाई आइतबार वानेश्वरबाट पक्राउ गरी आज जेल चलान गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले वैदेशिक न्यायाधीकरणको २०७४ असार २६ को फैसलाअनुसार रु एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महिना कैद सजाय सुनाइएका थापालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी थापालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies