२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

तामाकोशी पहिरोमा बेपत्ता भएकामध्ये १ जनाको शव भेटियो, ३ जनाको अवस्था अझै अज्ञात

ADV
राजकुमार भुजेल
२०८१ असोज १३ गते १८:३९
तामाकोशी पहिरोमा बेपत्ता भएकामध्ये १ जनाको शव भेटियो, ३ जनाको अवस्था अझै अज्ञात

दोलखा : तामाकोशी पहिरोमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएकाे छ । शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाका लागि रहेको हेडवर्क्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेनासहित ४ जना बेपत्ता भएका थिए । जसमध्ये खोजी गर्ने क्रममा आइतबार दिउँसो १ जनाको शव फेला परेको हो भने अन्य ३ जनाको खोजी कार्य भइरहेको छ । 

हेडवर्क्स क्षेत्रमा लेदोसहितको पहिरो खस्दा  संरचनामा पनि ठूलो क्षति पुगेको छ । त्यस्तै शनिबार दिउँसोनै सदरमुकाम चरिकोटमा भुजेल परिवारका तीन जनालाई पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको थियो भने १ जना जिवितै उद्धार गरेको थियो ।

भिमेश्वर नगरपालिका–६ मैदानेमा दिउँसो अबिरल वर्षासँगै आएको पहिरोले आफ्नै घर पुर्दा राजकुमार भुजेलसहित उनकी श्रीमती ३६ वर्षीया राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका निरीक्षक शत्रुधन महतोले जानकारी दिए । उनका अनुसार मृतक भुजेलका ३ वर्षीय छोरा युवराज भुजेललाई जीवितै उद्धार गरिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise