२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

दशैं, तिहारलक्षित यात्रु सहायता कक्ष स्थापना

Nada
सत्यराज सिंह
२०८१ असोज १३ गते २१:४०
Shares
दशैं, तिहारलक्षित यात्रु सहायता कक्ष स्थापना

बझाङ : बझाङमा दशैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडबाडमा हुने भिडभाडमा यात्रुको सहजताका लागि जिल्लाको चार ठाउँमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा शनिबार जिल्लाको अस्थायी ट्राफिक प्रहरी पोस्ट बागथला, अस्थायी ट्राफिक प्रहरी पोस्ट झोतामा, अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमखेत र नयाँ बसपार्क गरी चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी युवराज भण्डारीले जानकारी दिए । 

ncell

यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षमा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको र यात्रु सहायता कक्षमार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने, यात्रालाई सहज बनाउन गुनासो तथा सडक सुरक्षा लगायतका विषयमा सेवा दिने डीएसपी भण्डारीको भनाइ छ । 

उनले भने, ‘चाडबाडका समयमा यात्रुको चाप बढी हुन्छ । ओभरलोड गरिएको हुन सक्छ । बढी भाडा असुलिएको हुन सक्छ । यात्रुको सामान छुट्न सक्छ । यात्राका क्रममा कसैलाई समस्या भएको अवस्थामा सहजताका साथ प्रहरी सेवा उपलब्ध गराउन सहायता कक्ष शुरु गरिएको हो । त्यहाँबाट २४ घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ ।’

No description available.

भिडभाड हुने, बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकहरुको पिरमर्काको तत्काल सुनुवाई गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको हो । प्रहरीले दशैं तिहार लगायतको चाडपर्वका बेला यात्रुलाई समस्या पर्न नदिन यात्रु सहायता कक्ष सञ्चालन गरेको जनाएको छ । 

दशैंका बेला घर फर्किने यात्रुहरुलाई बिना झन्झट सहज तरिकाले यात्राको सुविधा दिने कुरालाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरीले बताए । चार वटै केन्द्रमा ट्राफिक प्रहरी र प्रहरी टोली राखिएको छ । 

यात्रु सहायता कक्ष सञ्चालनसँगै नागरिकमैत्री वातावरण र सचेतनाका कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनीकरणका लागी सचेतना जगाउँदै आएको ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्ट बताए । नागरिकसँग मैत्रीवत सम्बन्ध यात्रामा हुन सक्ने अवान्छित क्रियाकलापलाई नियन्त्रण गर्नु कक्ष सञ्चालनको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । उनले भने,‘समस्यामा परेका यात्रुहरुलाई केन्द्रमा खटिएका टोली आवश्यक सहायता गर्नेछ ।’ भीडभाड हुने स्थानमा दशैं र तिहारका बेला यात्रु ठगिने, लुटिने र दुर्घटनामा समेत वृद्धि हुने सम्भावना रहकाले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । हाल सञ्चालनमा ल्याइएको यात्रु सहायता कक्ष दशैं, तिहार र छठ अवधी भरी यथावत् रहने छन् ।

ताजा खबर

सम्बन्धित खबर