२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

'पूर्ण बहादुरको सारङ्गी'ले भिडियाे प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने

ADV
मध्यान्ह
२०८१ असोज १४ गते १२:००
'पूर्ण बहादुरको सारङ्गी'ले भिडियाे प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने

काठमाडौं : अभिनेताद्वय विजय बराल र प्रकाश सपूत अभिनित चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'ले भिडियाे प्रतियोगिता गर्ने भएको छ ।  चलचित्रको निर्माण टिमले 'मेरो "बा"को संघर्ष' नाम दिँदै बुबाको संघर्ष र महत्वबारे भिडियाे प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुबाको संघर्षको बयान गर्दै भिडियाे बनाएर पठाउनुपर्नेछ । सहभागीहरुले आफूले बनाएको भिडियाे आफूलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।

सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियाे बनाइ [email protected] मा पठाउनुपर्नेछ । साथै, सहभागीहरुले भिडियाे सामाजिक सञ्जालमा पोस्ट गर्दा अनिवार्यरुपमा #PURNABAHADURKOSARANGI, #KARTIK15, #7SEASCINEMA, #MEROBAKOSANGARSHA, #VIDEOCOMPETITION साथै fb.com/7seascinema अथवा fb.com/7seasentertainment लाई ट्याग गर्नुपर्नेछ ।

सामाजिक सञ्जालमा आफूले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुबालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ । प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ ।

विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नगद पुरस्कारबाहेक उत्कृष्ट भिडियाे बनाएर पठाउने २० जनाले चलचित्रको २/२ वटा टिकट फ्रि पाउनेछन् । सहभागीहरुले भिडियाे कात्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

ADVADV

सम्बन्धित खबर

Advertise