२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

ज्येष्ठ नागरिकहरुलाई सम्मान

ADV
सन्तोष पौडेल
२०८१ असोज १५ गते १२:५५
ज्येष्ठ नागरिकहरुलाई सम्मान

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर गेरुवा गाउँपालिका ५ नं. वडाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । 

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दलगायतले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । वडा नं. ५ का ८० वर्षमाथिका ८५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा अध्यक्ष धर्म प्रकाश थारुले बताए ।

पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उनीहरुलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन वडाले विनियोजित गरेको रकम खर्चेर सम्मान गरिएको वडा अध्यक्ष थारुले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise