शुभ नारायण कामती / मध्यान्ह सिरहा, २२ असोज। अपरहणमा संलग्न भएको अभियोगमा प्रहरीले सिरहाबाट गाडी सहित तिन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्तीटोलीले सिरहा नगरपालिका वडा नं. ९ बाट अपहरणमा संलग्न तिन जनालाई बुधबार बिहान पक्राउ गरेको हो । भारतिय नम्वरको विआर ३२प.४२६२ नं.को स्कारपियोमा उदयपुर जिल्ला घर भएका १६ वर्षीय युवतीलाई अपहरण गरी लगी रहेको अवस्थामा प्रहरीले ती ३ जनालाई नियन्त्रण लिएको हो । उक्त गाडीमा रहेका २ जना प्रहरीलाई देखेर भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ पक्राउ परेको र फ़रार ब्यक्तिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies