२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण

Nada
सत्यराज सिंह
२०८१ असोज २० गते २१:४४
Shares
गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण

बझाङ : वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशील युवासमाजद्वारा बझाङको जयपृथ्वी नगरपालिकामा सञ्चालन भइरहेको समुदायमा आधारित बाल प्रायोजन र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न भएको छ । 

ncell

जयपृथ्वी नगरपालिकाको समन्वय, वर्ल्डभिजनको सहयोग तथा प्रगतिशिल युवा समाजको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले प्रगतिशिल युवा समाजले सरकार र अन्य संस्था भन्दा फरक खालको पहिचान बनाएको बताए । संस्थाबाट नगरपालिकाले पनि केही सिक्न जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘संस्थाले गरेका भौतिक संरचना लगाएत जति ठाउँमा काम गरेको छ । ति सबै काम गुणस्तरीय छ । यस संस्थाबाट हामीले समस्या समाधानको तरिका,जनमानसमा गएर जनतासँग नजिक हुने तरिका, यस्ता धेरै कुरा सिक्न जरुरी छ । सरकारले गर्न नसकेका कामहरु यो संस्थाले गरिदिएको छ । नगरपालिकामा लागु भएर संस्थाले हामीलाई धेरै सहयोग गरेको छ । हामीबाट हुने सहयोग पनि हामी गर्न तयार छौं ।’

संस्थाले नगरपालिकामा लागू भएर शिक्षा, भौतिक संरचना, विध्यालयका कक्षा कोठा, वडाहरुमा बालमैन्त्री स्थानिय सासन बनाउन सघाउने लगाएतका कामहरु प्रभावकारी गरेको जयपृथ्वी नगरपालिका उपमेयर रतन बहादुर सिंहले बताए । अघिल्ला वर्षहरुमा भएका कमजोरीहरुको सुधार गर्दै कार्यक्रमहरु अगाडि बढाउनुपर्ने र आफुबाट हुने सहयोग गर्न सदैव प्रतिबद्ध रहेको समेत सिंहले बताए । 

संस्थाले नगरपालिकामा गुणस्तरीय शिक्षा अभिवृद्धि गर्नका लागि महत्वपूर्ण योगदान दिएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले बताए ।

कार्यक्रममा प्रगतिशील युवा समाजका कार्यक्रम व्यवस्थापक यज्ञराज जोशीले समुदायमा आधारित बाल प्रायोजन तथा बाल संरक्षण परियोजना र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको आगामी आर्थिक वर्ष २०२५ मा सञ्चालन हुने क्रियाकलापहरुको विस्तृत विवरण प्रस्तुत गर्नुका साथै आर्थिक वर्ष २०२४ मा सञ्चालन गरिएका क्रियाकलापहरुको उपलब्धी प्रस्तुत गरिएको थियो ।  

संस्थाका परियोजनाहरु लागु भएका वडाहरुबाट प्रभावित भएर अन्य वडाहरुले पनि संस्थाका ति परियोजनाहरु आफ्नो वडामा आवश्यकता महसुस गरेको जयपृथ्वी नगरपालिका–८ का वडाअध्यक्ष लोकेन्द्र बोहराले बताए । संस्थालाई जयपृथ्वी नगरपालिकाका सबै वडाहरुमा परियोजना लागु गर्नका लागि पनि वडाअध्यक्ष बोहराले आग्रह गरेका छन् ।  

संस्थाले जयपृथ्वी नगरपालिकाका १,३,५,६,७,८ र ११ गरि ७ वटा वडामा समुदायमा आधारित बालप्रायोजन तथा बाल संरक्षण परियोजना र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना लागु गरिएको छ । सरकारले लिएको दिगो विकासको लक्ष्य अनुसार जयपृथ्वी नगरपालिकालाई बालमैन्त्री स्थानीय सासन घोषण गर्न, नगरपालिकामा गुणस्तरीय शिक्षा अभिवृद्धि  गर्नका लागि स्थानीय तहसँग संस्था सदैव हातेमालो गर्न तयार रहेको प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले बताए ।

सरकारले लिएको दिगो विकासको लक्ष्य अन्तर्गत २ नम्बर लक्ष्य भोकमरी अन्त्यमा सघाउ पुर्‍याउनका लागि जयपृथ्वी नगरपालिकामा यो वर्षबाट थप भोकमरी र कुपोषणको अन्त्य अभियान शुभारम्भ भएको वर्ल्डभिजन इन्टरनेशनल नेपाली बझाङ जिल्ला संयोजक मेनुका मल्ल सिंहले बताइन् ।

यो अभियान सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले सेप्टेम्वरमा १९ मा सुदुरपश्चिम प्रदेशमा शुभारम्भ गरेका थिए । यो अभियानले बालबालिकाको पोषणमा सुधार ल्याउने समेत संयोजक सिंहको भनाइ छ । सो कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, लक्षित वर्गका प्रतिनिधि, बाल क्लब आदिको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर