२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ADV
सन्तोष पौडेल
२०८१ असोज २२ गते १८:३४
बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बर्दिया : बर्दियामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नं. ८ टिटेहरिया बस्ने अन्दाजी २४ वर्षीय राम वृष थारुको मृत्यु भएको हो ।

बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ५ लखनास्थित भित्री सडकमा बढैयातालबाट भोलागौढीतर्फ आउँदै गर्दा थारू दुर्घटनामा परेका थिए । थारुले चलाएको भे. ३ प ४६९१ नं.मोटरसाइकल अनियन्त्रित भइ बाटो छेउमा रहेको विद्युतको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि बर्दिया अस्पताल पुऱ्याइएको थियो । उपचारको क्रममा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise