२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

‘नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउनु पहिलो प्राथमिकता’

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज २२ गते २१:००
‘नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउनु पहिलो प्राथमिकता’

अर्घाखाँची : भर्खरै सरुवा भएर अर्घाखाँची आएका प्रहरी नायब निरीक्षक चक्र बहादुर मल्लले अर्घाखाँचीका नागरिकलाई शान्ति सुरक्षा प्रत्याभूत दिलाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । 

मंगलबार पत्रकारहरुसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै उपरीक्षक मल्लले सोही अनुसार आफुले काम गर्ने दाबी गरे । उनले नजिकिँदै गएको चाडपर्वलाई लक्षित गरेर सुरक्षा संयन्त्र पूर्णरुपमा परिचालन गरिएकोले कहिकतै कमिकमजोरी भएमा तत्काल आफुलाई जानकारी दिन पत्रहरुलाई अनुरोध गरेका थिए । उनले पत्रकारबाट सकारात्मक सहयोगको अपेक्षा गरिरहेको बताए । चाडवाडमा हुने आपराधिक गतिविधि रोक्न स्वयम् नागरिक नै सहजक हुनेपर्ने उनको भनाइ छ । जुवातास, लागुऔषध, चोरी, तस्करी, आत्महत्या जस्ता गतिविधिलाई न्यूनीकरण गर्न आफूले पहल गर्ने मल्लको दाबी छ ।

अन्तरक्रियामा सहभागी पत्रकारले प्रहरी प्रमुख फेरिएलगत्तै लागुऔषध नियन्त्रण गर्ने, तस्करहरु पक्राउ गर्छु भन्ने तर क्रमशः पक्राउ पनि नगर्ने काम भन्दा कुरा धेरै गर्ने  प्रवृत्ति बढेकाले कुरा भन्दा काम धेरै गर्न सुझाव दिए ।

पत्रकारहरुले विगतमा प्रहरीले पावर भएका ठूलाबडाका मान्छेहरुलाई पक्राउ नगर्ने, गरिहाले पनि तत्काल छाड्ने प्रवृत्ति देखिने गरेकोले प्रहरीको भूमिकाबारे आशंका व्यक्त गर्ने खालका काम नगर्न प्रहरी प्रमुख मल्लले ध्यानाकर्षण गराए । 

यस्तै विभिन्न घटनामा प्रहरीले पर्याप्त र सहज रुपमा सूचना नदिएको पत्रकारले गुनासो गरेका थिए । प्रहरीलाई कुनै पनि घटनाका विषयमा पत्रकारहरुलाई  समयमै जानकारी दिन पत्रकारले आग्रह गरेका थिए । प्रहरी नायब उपरीक्षक मल्लले जनतासँग राम्रो सम्बन्ध राख्न प्रहरीमैत्री भएर काम गर्ने संकल्प व्यक्त गरे ।

उनले जिल्ला प्रहरी प्रमुखको हैसियतमा यस क्षेत्रको अपराध अनुसन्धानलाई पारदर्शी बनाउने,प्रत्येक प्रहरी युनिटहरुमा आर्थिक पारदर्शीता कायम गराउने,मानव अधिकारको पूर्ण पालना गर्ने÷गराउने विपद् व्यवस्थापनमा प्रहरीको भूमिकालाई उच्च बनाउने, सीमासँग जोडिएर हुने गरेका तस्करी र अन्य आपराधका घटनालाई न्यूनीकरण एवम् नियन्त्रण गर्ने योजना रहेकोले आफुले छिट्टै देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

ADVADV

सम्बन्धित खबर

Advertise