२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

जुम्ला प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

ADV
दिलमाया शाही
२०८१ असोज २३ गते १९:३१
जुम्ला प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिक सुनुवाइ तथा विजयादशमी, छठ पर्वको  शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । जुम्लाको शान्ति सुरक्षा र प्रहरी कार्यालयले गरेको कार्य प्रगतिको बारेमा जानकारी दिन नगारिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।

जुम्ला प्रहरीले चाड पर्वलाई मध्यनजर गरी शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा कार्ययोजना बनाएको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले बताए । 

प्रहरीले नागरिकलाई प्रभावकारी सेवा सहजरुपमा प्रदान गर्न सबै प्रहरी चौकीमा नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको डिएसपी छेदीलाल कामतीले बताए । उनले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा अमनचयन कायम हुनुका साथै नागरिकमैत्री प्रहरी सेवाको सुनिश्चितता भएको कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक कामतीले समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भूमिका पुलको रुपमा रहेको हुनुपर्ने बताए । 

त्यस्तै नगरिक सुनुवाइ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नका लागि सुझाव तथा सल्लाह दिनुपर्ने बताए । उनले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गरे ।

सहभागीहरुले लागुऔषध दुव्र्यसनीका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जनचेतनामूलक कार्यक्रम गर्न हरेक स्थानीय निकाय सक्रिय हुनुपर्ने बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise