२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

माधव नेपाल अवसरवादी र धोकेबाज हुन : कृष्ण यादव

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज २९ गते २२:१९
माधव नेपाल अवसरवादी र धोकेबाज हुन : कृष्ण यादव

रौतहट : नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल बेइमान र धोकेबाज रहेको आरोप लगाएका छन् ।

रौतहटको माधव नारायण नगरपालिका-४ मानपुर विसुनपूर्वामा मंगलवार नेपाली कांग्रेसद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई  सम्बोधन गर्दै सभापति यादवले यस्तो बताएका हुन् । 

रौतहट निर्वाचन क्षेत्र नं १ (ख) का प्रदेश सांसद एवं मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका प्रदेश सभापति यादवले पूर्व प्रधानमन्त्री माधव नेपालले मधेश प्रदेश सरकार बनाउने बेलामा कांग्रेससँग विश्वासघात गरेको आरोप लगाएका हुन् । दुवै पार्टीबीच गठबन्धन  भएको समय २०७९ को निर्वाचनमा आफूहरुले इमान्दारीपूर्वक मत दिएर माधव नेपाललाई रौतहट क्षेत्र नं १ बाट निर्वाचित गराएपनि नेपालले आफूहरुको ती सबै योगदान र गुण बिर्सिदिएको उनले बताए ।

मधेश प्रदेश सरकारको नेतृत्व गर्ने अर्थात मुख्यमन्त्री बन्ने अवसर आफूलाई दुई पटक आएको तर माधव नेपालले सहयोग नगर्दा आफू दुई दुई पटक मधेश सरकारको नेतृत्व गर्न पाउने अवसरबाट वञ्चित भएको सभापति यादवले बताए ।

कांग्रेसले मधेश प्रदेश सरकारको नेतृत्व गर्न दुई पटक राम्रो अवसर पाएपनि माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले कांग्रेसलाई सहयोग गर्नुको सट्टा विपक्षी दललाई सहयोग गरी कांग्रेससँग ठूलो गद्दारी गरेको नेता यादवले बताए ।

कांग्रेससँग गरेको गद्दारीको परिणाम साताभन्दा बाहिर रहेर अहिले माधव नेपालले भोगिरहेको उनले टिप्पणी गरे । कांग्रेससँग गरेको गद्दारीको मूल्य माधव नेपालले एकदिन चुकाउनुपर्ने समेत उनले चेतावनी दिए ।

सभापति यादवले आफू मधेश सरकारको नेतृत्व गर्ने अवसर पाए कृषि, स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गर्ने समेत उद्घोष गरे । विगत ७ वर्षदेखि मधेश सरकारको नेतृत्व गर्दै आएको मधेशवादी दलले भ्रष्टाचार र कार्यकर्ता पाल्नेबाहेक अरु केही गर्न नसकेको आरोप लगाउँदै उनले कांग्रेसको नेतृत्वमा मात्र मधेश प्रदेश विकसित र समृद्ध हुने धारणा राखे ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मधेश प्रदेश सदस्य एवं प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले प्रदेश सांसद कृष्ण प्रसाद यादवले रौतहट निर्वाचन क्षेत्र नं १ ख मा विकासको खोला बगाएको बताए ।

हालै सरकारले बाढी संकटग्रस्त क्षेत्र घोषणा गर्दा रौतहटको पाँच वटा पालिकालाई मात्र संकटग्रस्त क्षेत्र घोषणा गरेको तर माघवनारायणलगायत पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा नगरी विभेद गरेको भन्दै गुप्ताले गम्भीर आपत्ति जनाएका छन् ।

माधव नारायण नगरपालिका समेत बाढीले प्रभावित भएकोले माधव नारायण नगरपालिकालाई समेत विपद् संकटग्रस्त क्षेत्र घोषणा गराउन पहल गर्न गुप्ताले कांग्रेस सभापति कृष्ण प्रसाद यादवलाई ध्यानाकर्षण गराएका थिए ।

गुप्ताको जवाफमा यादवले संकटग्रस्त क्षेत्र घोषणा हुनबाट छुटेका पालिकाहरुलाई आफूले संकटग्रस्त क्षेत्र घोषणा गराउन प्रयासरत रहेको बताएका थिए ।

कार्यक्रममा माधव नारायण नगरालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव, कांग्रेसका मधेश प्रदेशका मुख्य सचिव सन्तु यादव लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise